२०८१ फागुन १ गते ८:२९ विकासन्युज
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १० जना संस्थापक सेयरधनीहरूले ८ लाख ४५ हजार २२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बिक्रीकर्ता नम्बर १ देखि १० सम्म उल्लेख गरी कोड नम्बर एदेखि जेसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २५० कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।
यसअघि लघुवित्तको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले पनि आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको छ । क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसअघि गत पुस ८ गते १२ संस्थापक सेयरधनीले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका थए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.