स्मार्टच्वाइस टेक्नोलोजिज साधारण सभामा ५ जना सञ्चालक निर्विरोध निर्वाचित

<p>काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत भएको छ ।  साथै सोही सभाबाट ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित [&hellip;]</p>

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत भएको छ ।  साथै सोही सभाबाट ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरूमा आइएमई लिमिटेडबाट क्रमशः रविन कुमार नेपाल र सविन ढकाल, प्रभु बैंक लिमिटेडबाट रश्मी पन्त, ग्लोवल आईएमई बैंक लिमिटेडबाट अनिल जोशी र सिटी एक्सपे्रस मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन् ।

साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पुनः रविन कुमार नेपाललाई अध्यक्ष चयन र स्वतन्त्र सञ्चालकको रुपमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।

Share News