
काठमाडौं । सुकेधारा हाइट्समा रहेको मर्क्योर काठमाडौंले भ्यालेन्टाइन डेको अफर सार्वजनिक गरेकाे छ ।
डाइनिङ अनुभव र विशेष रोमान्टिक स्टे प्याकेजहरूसहित सार्वजनिक गरेको हो ।
होटलले उत्सवमा रमाउन सबै जोडीहरूलाई निमन्त्रणा गरेको छ ।
डाइन- ‘अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स’
दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सक्ने जनाइएकाे छ । पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन् । याे प्याकेजकाे मूल्य प्रतिजोडी ७ हजार ९९९ रुपैयाँ रहेको छ ।
शुक्रबार- ‘सेलिब्रेट लभ अबोभ द सिटी लाइट्स’
मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्रबारले ९० मिनेटका लागि असीमित पास-अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरू प्राप्त हुनेछ । साथै लाइभ म्युजिककाे पनि व्यवस्था गरिएकाे छ । यस प्याकेजकाे मूल्य प्रति जोडी १२ हजार ९९९ रुपैयाँ रहेकाे छ ।
भ्यालेन्टाइनका स्टे प्याकेज
रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज
उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टेकाे लागि प्रति जाेडी १७ हजार ९९९ रुपैयाँ रहेकाे छ ।
नाइट टू रिमेम्बर – द अल्टिमेट रोमान्टिक एस्केप
यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ । यस प्याकेजकाे मूल्य प्रति जोडी २२ हजार ९९९ रुपैयाँ रहेकाे छ ।