२०८१ माघ २९ गते १५:२६ विकासन्युज
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १३४ कम्पनीको मूल्य बढ्दा ९८ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै सीइडीबी होल्डिङको भएको छ । सीइडीबीको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, न्यादी हाइड्रोपावरको ३५ करोड, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
मंगलबार ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
विकास बैंक समूह २.३७, जलविद्युत् १.५७, लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.०१ र म्युचुअल फन्ड ०.५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.२०, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, जीवन बीमा ०.०८, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.४३, व्यापार १.०५ र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.