सेयर बजारमा ६ अर्ब ९६ करोडको कारोबार

  २०८१ माघ २८ गते १५:२९     विकासन्युज

काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ७७ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३२२ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको भएको छ । नेपाल रिपब्लिकको २४ करोड रुपैयाँ बढीको कारोबार भएको हो ।

साथै, सीईडीबी होल्डिङको १५ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज न्यादी हाइड्रोपावर र गार्डिन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै बोटर्लस नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।