यी १५ बैंकका कर्मचारीको तलब बढ्यो, कुन बैंकले कति बढायो ?

  २०८१ माघ २८ गते १५:२३     विकासन्युज

काठमाडौं । बैंकका कर्मचारीहरूको तलब ६ महिनामा साढे १ अर्बभन्दा बढी बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्ममा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब ६.०६ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बढाएर २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको पुसमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई २६ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए ।

समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यस अवधिमा १५ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ५ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ ।

गत वर्षको तुलनामा घटेको भएपनि यस अवधिमा सबैभन्दा धेरै रकम राष्ट्रिय वाणिज्य बैंकले खर्च गरेको देखिन्छ । यस बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको पुसमा बैंकले कर्मचारीहरूलाई २ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको थियो ।

समीक्षा अवधिमा हिमालयन बैंकको कर्मचारी खर्च सबैभन्दा धेरै बढेको देखिन्छ । हिमालयनको २७.६१ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो ।

यस्तै, प्राइम बैंकको २५.६६ प्रतिशत बढेर ८५ करोड ९१ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २४.९१ प्रतिशत बढेर १ अर्ब ७३ करोड २६ लाख रुपैयाँ, एनएमबी बैंकको २३.१६ प्रतिशत बढेर १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ तलब वापत भुक्तानी गरेका छन् ।

एभरेष्ट बैंकको १४.८७ प्रतिशत बढेर ९१ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको १३.८५ प्रतिशत बढेर ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ७.०५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन् ।

प्रभु बैंकको ५.९७ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५.५८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.२९ प्रतिशत बढेर १ अर्ब ५२ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको ५.२३ प्रतिशत बढेर १ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९१ प्रतिशत बढेर ५४ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.८३ प्रतिशत बढेर ८३ करोड ८९ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको १.६२ प्रतिशत बढेर १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् ।

समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । ग्लोबल आइएमई बैंकको ११.६९ प्रतिशत घटेर १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको ७.७२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ, नेपाल बैंकको १.१३ प्रतिशत घटेर १ अर्ब ८२ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको०.१३ प्रतिशत घटेर ७३ करोड ७६ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।