२०८१ माघ २७ गते १५:२० विकासन्युज
काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा झरेको छ ।
आज ३०५ स्टकको ८४ हजार २८० पटक कारोबारमा एक करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार चार उपसमूहको सूचक बढेको छ भने बाँकीको घटेको छ ।
वित्त ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ प्रतिशतले बढेको छ । घटेका उपसमूहहरूमा बैंकिङ ०.३५, विकास बैंक १.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत ०.५०, लगाानी ०.३९, जीवन बीमा ०.७६, म्युचल फण्ड ०.३४, नीर्जीवन ०.५७ र अन्य १.३० प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा बढी ३१ करोड १६ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।
दोस्रोमा सीईडीबी होल्डिग्सको ३० करोड ६२ लाख, सेन्ट्रल फाइनान्सको २० करोड ७ लाख, नेपाल रिइन्स्योरेन्सको १५ करोड ८० लाख र सप्तकोशी विकास बैंकको १४ करोड ९० लाखको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.