
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेबुला मोबिलिटी- गोगोरोसँग सम्झौता गरेको छ ।
उक्त सम्झौताअन्तर्गत अब नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको लागि आईसीएफसीले ऋण सुविधा प्रदान गर्ने जनाइएको छ ।
आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र नेबुला मोबिलिटीका अध्यक्ष मनोजकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो सम्झौताले नेपालका उपभोक्ताहरूलाई डिजिटल र पर्यावरणमैत्री गोगोरो इलेक्ट्रिक स्कूटरहरूको खरिदमा सहजता पुर्याउने विश्वास फाइनान्सले लिएको छ ।
ग्राहकहरूले अब आईसीएफसी फाइनान्सको ऋण सुविधामार्फत आफ्नो आवश्यकताअनुसार सजिलै वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले नेपालको सस्तो, दिगो, स्वच्छ पर्यावरणमैत्री यातायात प्रणालीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।