२०८१ माघ २७ गते ८:३२ विकासन्युज
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।
लघुवित्तमा क्यापिटलको ९.०५ प्रतिशत अर्थात् १२ लाख १९ हजार २७९ कित्ता सेयर स्वामित्व छ । जसमध्ये क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । यस आधारमा क्यापिटलले लघुवित्तको ४४ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।
लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले आज माघ २७ गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको सेयरमा बोलपत्र पेश गर्दा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.