१९ प्रतिशतले घट्यो सानिमा माई हाइड्रोपावरको खुद नाफा

  २०८१ माघ २५ गते ११:१६     विकासन्युज

काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमाको कम्पनीको खुद नाफा १९.४३ प्रतिशतले घटेको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २६ करोड ९१ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ४१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीका अनुसार विद्युत विक्री आम्दानी घट्दा नाफा खस्किएको हो । विद्युत विक्री आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ४९ करोड ९२ लाख रपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ रहेको छ ।

बैंकको व्याज घट्दा वित्तीय लागत गत वर्षको दोस्रो त्रैमाससम्म ५ करोड रहेकोमा चालु आवको सोहि अवधिमा ४ करोडमा झरेको छ ।

प्रति सेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ८२ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।

कम्पनीको सञ्चालन मुनाफामा समेत गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३६ करोड ९५ लाख रुपैयाँ रहेको छ । चालु आवको सोही अवधिमा सञ्चालन मुनाफा २७ करोड ९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्त्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।