२०८१ माघ २४ गते १५:२१ विकासन्युज
काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज सेयर घटे पनि काराेबार भने बढेकाे छ । ३१५ कम्पनीको १ करोड ८६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको २२ करोड, बरुण हाइड्रोपावरको १८ करोड, सानिमा माइ हाइड्रोपावरको १६ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशतले बढेको छ । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घटेको छ ।
बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशतले घटेको छ ।
आज अप्पर लाहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.