पोखरा फाइनान्सका सीईओ गुरुङ पदमुक्त

  २०८१ माघ २४ गते १२:४३     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङलाई पदमुक्त गरेको छ । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गुरुङलाई बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरेको कम्पनीका सचिव निर्मलकुमार कार्कीले जानकारी दिए ।

साथै गुरुङको ठाउँमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजुमोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

वित्तीय सूचक कमजोर भएको फाइनान्स यतिबेला प्राप्ति-समाहित, गाभ्ने वा गाभिनतर्फ लागेको छ । फाइनान्सले स्वतन्त्र सञ्चालक तीलबहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा अर्का सदस्य प्रतीक गुरुङ रहेका छन् । मर्जरको प्रकृया करिब अन्तिम चरणमा रहेको जनाइएको छ ।