माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  २०८१ माघ २३ गते १७:३१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

माछापुच्छ्रे क्यापिटलले ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप बुधबार माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसंगको संयुक्त आयोजनामा मनोहरा, काठमाडौंस्थित सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा उच्च माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्याम्पसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई शेयर बजारको जानकारी, लगाानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरेको छ ।

क्यापिटलले स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाइरहेको छ ।