२०८१ माघ २३ गते १५:३३ विकासन्युज
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड र रौतहटकाे नेपाल तराई सीटी हस्पिटलबीच सम्झाैता भएकाे छ ।
माघ १५ गते नेपाल तराई सीटी हस्पिटलका प्रमुख डा. मधुरेन्द्र कुमार यादव र सम्पदाका नायब महाप्रबन्धक सीताराम पण्डितले सम्झौता पत्रमा हस्ताक्षरण गरे ।
सम्झाैतापश्चात अब सम्पदा लघुवित्तका सदस्य र कर्मचारीहरूलाई सीटी हस्पिटलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट हुनेछ ।
रौतहट जिल्लाअन्तर्गतका ५ वटा शाखा कार्यालयहरूका सदस्यहरूले विभिन्न स्वास्थ्य उपचार, औषधी खरीद, अप्रेशन, बेड चार्ज, ल्याब परीक्षण समेतमा अधिकतम ५० प्रतिशतसम्म छुट लाभ लिन सकिने जनाइएकाे छ ।
सीताराम पण्डितले स्वास्थ्य उपचारमा सदस्य र कर्मचारीलाई विशेष छुटको व्यवस्था गरिदिएकोमा अस्पताल प्रशासन टिमलाई संस्थाको तर्फबाट धन्यवाद प्रकट गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.