२०८१ माघ २३ गते १५:२७ विकासन्युज
काठमाडौं । सम्पदा लघुवित्तले ४ वटा शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूलाई सीपमूलक तालिम दिएको छ । शाखा कार्यालयहरू साँगाचौक सिन्धुपलान्चोक, ध्यामपेशाल, गोरखा, तुनिहवा रुपन्देही र सितापुर सप्तरीमा विभिन्न किसिमका सीपमूलक तालिम सञ्चालन गरिएको हाे ।
शाखा कार्यालय साँगाचौकमा फिनेल ह्याण्डबास ट्वाइलेट क्लिनर तालिम सञ्चालन भएको र उक्त तालिममा ५० जना सदस्यहरूको सहभागिता रहेको थियो ।
यसैगरी, ध्यामपेशालमा उन्नत जातको बाख्रापालन तालिममा ५८ जना, तुनिहवामा लहरे तरकारी खेती तालिममा २६ जना र सीतापुरमा लहरे तरकारी खेती तालिममा ३६ जना गरी जम्मा १७० जना सहभागी सदस्यलाई सीपमूलक तालिम कार्यक्रम प्रदान गरिएकाे थियाे ।
तालिममा स्थानीय निकाय गाँउपालिका र नगरपालिकाका कृषि तथा पशुसेवा विभागका कर्मचारी प्रशिक्षहरूद्वारा तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई तालिमपश्चात तालिमको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
वित्तीय संस्थाले हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालयमार्फत १ लाख ७८ हजार जना सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । हाल लगानीमा रहेको कर्जा रकम लगभग १० अर्बको हाराहारीमा रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.