धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई
२०८१ माघ २१ गते १२:०७ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ ।
बोर्डले एक सूचना जारी गर्दै सूचना प्रविधि शाखाका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ता तोकिएको जानकारी दिएको हो ।
हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे छन् ।