२०८१ माघ १४ गते १७:१६ विकासन्युज
काठमाडौं । टायल उत्पादक कम्पनी कजारियाले पोखराको शिवचोकमा पनि नयाँ शोरुम खोलेको छ । धौलाश्री सप्लायर्सले आइतबार उक्त शोरुमको उद्घाटन गर्यो ।
कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ शोरुमको बारेमा उत्साह व्यक्त गरे ।
उनले भने, ‘पोखरा प्रिमियम बजार हो, यहाँ कजारिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ । पोखराका जनताले कजारियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं ।’
मनमोहक प्राकृतिक सुन्दरता र जीवन्त पर्यटन उद्योगका लागि परिचित पोखरा नेपालको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको सहरमध्ये एक हो ।
यसको सुन्दर तालहरू, आकर्षक पहाडहरू र विस्तारित पूर्वाधारको साथले गर्दा शहर प्रिमियम रियल इस्टेट र निर्माण परियोजनाहरूको लागि एक हब बनेको छ ।
कजारियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीकाे विश्वास छ ।
गुणस्तर र नवप्रवर्तन प्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्ने कम्पनीले जनाएकाे छ ।
प्रिमियम टायल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताइएकाे छ ।
रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।
नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ ।
यो ४ अर्ब रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्ने जनाइएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.