२०८१ माघ १३ गते १७:३७ विकासन्युज
काठमाडौं । एमएडब्लु वृद्धिअन्तर्गत ईभी ब्रान्ड सेरेसको ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु भएको छ । यो कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो पाँच दिने कार्यक्रमले ग्राहकलाई विभिन्न विशेष अफर र सुविधाहरूको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्ने कम्पनीको विश्वास छ ।
लो मान्थाङभन्दा माथि ४६६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय गतिशीलताको सीमालाई पुन:परिभाषित गरिसकेको छ । यो उपलब्धिले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र पर्फर्मेन्सप्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।
बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल सहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन् ।
‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले उन्नत विद्युतीय सवारीसाधनहरू मात्र नभई निर्बाध र ग्राहक-केन्द्रित स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरिरहेको कम्पनीको भनाइ छ ।
यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्ने यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान विश्वास कम्पनीको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.