२०८१ माघ १३ गते ९:४० विकासन्युज
काठमाडौं । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियन नेपालभरबाट छानिएका उत्कृष्ट हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता बृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनीधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेका छन् ।
यी शीर्ष ३० टेक्नीसियनहरू मध्य बाट पनि उत्कृष्ट ५को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.