२०८१ माघ १३ गते ८:२३ विकासन्युज
काठमाडौं । गोर्खाज फाइनान्सका संस्थापक सेयरधनी दिपेन्द्र अग्रवालको सेयर बिक्रीमा राखिएको छ । फाइनान्सका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अग्रवालको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
संस्थापक सेयरधनी अग्रवालले गत मंसिर १७ गते सेयर बिक्रीको लागि सञ्चालक समितिमा आवेदन दिएका थिए । सोही बमोजिम फाइनान्सले मंसिर २७ गते ४८ हजार ७७३ कित्ता सेयर बिक्रीमा राखिएको थियो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थाकलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरिएको थियो । त्यसअवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो ।
खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको उक्त सेयरमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.