चितवन महोत्सवमा स्काईवेलका पाँच इभी बिक्री, पायो बेस्ट स्टल अवार्ड

  २०८१ माघ ११ गते ११:४३     विकासन्युज

काठमाडौं । चितवन महोत्सब २०८१ मा प्रिमियम ब्राण्ड स्काईवेलका ५ वटा प्रिमियम ईभी बिक्री भएको छ । हालै सम्पन्न महोत्वसमा स्काईवेलको एक करोड १५ लाख मूल्यमाथिका नेपालकै सर्वाधिक रेन्ज (६२० कलोमिटर) प्रिमिय ईटी५ को बिक्री भएको कम्पनीले दाबी गरेको छ ।

स्काईवेलका लागि नेपालको आधिकारिक बिक्रेता जि मोटर्स प्रा.लि. रहेको छ । कम्पनीले महोत्सवका अवसरमा ५ वटा ईटी५ डेलभरी भएको र थप बुकिङ समेत भएको कम्पनीका बिजनेस हेड युग प्रसाद रिमालले जानकारी दिए ।

 

त्यसो त चितवन महोत्सब २०८१ को अवसरमा स्काईवेल अटोको तर्फबाट जि मोटर्सले बेस्ट स्टल अवार्ड समेत प्राप्त गर्न सफल भएको छ । यो सफलता र उपभोक्ताहरुको माया कम्पनी थप उत्साहित भएको जनाएको छ ।
यसै अवसरमा कम्पनीले अब छिट्टै ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै चितवनमा समेत आफ्नो सेल्स शोरुम सर्विससहितको पूर्ण सुविधा उपालब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

चितवन महोत्सब २०८१ मा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण गाडीमा नेपालको बाटो सुहाउँदो १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स हुनु र सबैभन्दा बढी रेन्ज दिनुनै रहेको जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए । थप स्काईवेलका सवारी युरोपियन बजारमा समेत निकै अब्बल सावित भएको र राम्रो बिक्री वितरण भइरहेकाले पनि सबैको ध्यान तानेको उनले बताए ।