फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८ प्रतिशतले घट्यो, बढ्यो निष्क्रिय कर्जा

  २०८१ माघ ११ गते ८:२९     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८.४१ प्रतिशतले नाफा घटेको हो ।

गत आवको दोस्रो त्रैमाससम्म संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिका कम्पनीको नाफा ५ करोड २३ लाख रुपैयाँमा खुम्चिएको हो ।

यस्तै, संस्थाको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेको छ भने खुद कमिशन आम्दानी ८६.२६ प्रतिशत घटेको छ। कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत, सञ्चालन मुनाफा ४३.३८ प्रतिशत, प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ।

पुस मसान्तसम्ममा संस्थाको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ।

संस्थाको निष्क्रिय कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।