बीवाईडीको ‘सीलायन सेभेन ई एसयूभी’ भारतमा सार्वजनिक

  २०८१ माघ ९ गते १३:५१     विकासन्युज

काठमाडौं । बीवाईडी भारतले सीलायन सेभेन ई एसयूभी सार्वजनिक गरेको छ । बीवाईडी भारतले भारत मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा सीलायन सेभेन ई एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।

बीवाईडी भातरले पूर्ण विद्युतीय एसयूभीको को बुकिङ सुरु भइसकेको जनाएको छ।

शक्ति र नवप्रवर्तनको मेल

सीलायन सेभेनमा ८२.५६ किलोवाट हावर्स ब्लेड ब्याट्री रहेको छ । यो ईभी प्रिमियम र परफर्मेन्स भेरियन्टमा उपलब्ध छ ।

परफर्मेन्स भेरियन्ट: ३९० किलोवाट (६९० एनएम), ०-१०० किमि/घण्टा ४.५ सेकेन्डमा, ५४२ किमि दायरा

प्रिमियम भेरियन्ट: २३० किलोवाट (३८० एनएम), ०-१०० किमि/घण्टा ६.७ सेकेन्डमा, ५६७ किमि दायरा

यो एसयूभी वोल्फग्याङ एगरले डिजाइन गरेका हुन्, जसमा एयरोडायनामिक ‘ओसियन एक्स’ शैली, १५.६ इन्चको घुम्ने टचस्क्रिन समावेश छन् ।

प्रविधिको मुख्य विशेषता

भीटीओएल (भेइकल-टु-लोड) क्षमता जसले विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । स्मार्ट टोर्क कन्ट्रोलले ह्यान्डलिङ सुधार्छ ।

यसको आधिकारिक मूल्य फेब्रुअरी १७ मा सार्वजनिक गरिने जनाइएको छ ।