क्रेटा ईभी फागुनको अन्तिमतिर नेपाल आउँदै, यस्ता छन् विशेषता

  २०८१ माघ ८ गते १८:४६     विकासन्युज

काठमाडौं । हुन्डाईकाे नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाल आइपुग्ने भएको छ ।

नेपालका लागि हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी महिनाको अन्तिम साता क्रेटाको ईभी भर्जन नेपालमा भित्राउन लागेको जनाएको हो ।

ग्राहकहरूमा क्रेटा ईभी प्रति आकर्षण देखिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले जानकारी दिए ।

उनका अनुसार भारतमा यो गाडी लन्च भएसँगै नेपाली ग्राहकमा पनि आकर्षण बढेको हो ।

क्रेटा ईभीमा ८ किलोमिटर/किलोवाट घण्टा उत्कृष्ट कार्यक्षमता छ जसले दिगो ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ ।

के-के छन् विशेषता ?

विविध आवश्यकताका लागि दुई ब्याट्री विकल्प- ४२ किलोवाट आवर्स ब्याट्री प्याक (प्रारम्भिक संस्करण)

अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) का अनुसार यसको प्रमाणित रेन्ज ३९० किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३००-३३० किमी रहेको छ ।

५२ किलोवाट आवर्स ब्याट्री प्याक (लङ रेन्ज संस्करण)- एआरएआईका अनुसार यसको प्रमाणित रेन्ज ४७३ किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३९०–४२० किमि रहेको कम्पनीले जनाएकाे छ ।

नेपालको अनौठो भूभागका लागि डिजाइन- २०० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स जसले दुर्गम र विविध सडकहरूमा सजिलो यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ । उच्च टर्क डेलिभरीले सहरी सडक, पहाडी क्षेत्र, र अफ-रोड अवस्थाहरूमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ ।

उन्नत सुरक्षाका साथै ऊर्जा कार्यक्षमता

रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले बारम्बार ओरालो ड्राइभिङको बेला ऊर्जाको अधिकतम पुन:प्राप्ति सुनिश्चित गर्दछ ।

एडीएएस प्रणालीले सुरक्षालाई थप सुदृढ बनाउने कम्पनीले जनाएकाे छ ।

चिसो मौसममा उत्कृष्ट प्रदर्शन- यसमा उन्नत थर्मल व्यवस्थापन र ब्याट्री हिटिङ प्रणाली रहेको छ, जुन हिमाली क्षेत्रका लागि उपयुक्त छ ।

छिटो र सजिलो चार्जिङ- ११ किलोवाट एसी होम चार्जिङ क्षमताले गाडीलाई केवल ४ घण्टामा पूर्ण चार्ज गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

क्रेटा ईभीमा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरूफ र उन्नत इन्फोटेनमेन्ट प्रणाली रहेको छ ।

कम्पनीले यो गाडी नेपाल भित्र्याउने भएसँगै पूर्वाधार निर्माणमा पनि आक्रामक ढंगले अगाडि बढेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको थपलियाले जानकारी दिए ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ ।