२०८१ माघ ७ गते १४:५३ विकासन्युज
काठमाडौं । आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ ।
गत माघ २ गतेबाट सुरू भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा तीन सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
योजनामा नियमित ग्राहकहरूले ‘सेभ१००’ प्रोमोकोड राखेर एक सय रूपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरूले ‘फर्स्ट फ्लाइ’ प्रोमोकोड राखेर तीन सय रूपैयाँको क्यासब्याकको लाभ उठाउन सक्नेछन् ।
हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘ह्याब प्रोमोकोड?’ सोधिएको ठाउँमा यि प्रोमोकोडहरू राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै ‘उडान मेला’ ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.