२०८१ माघ ७ गते १२:४३ विकासन्युज
काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो ।
एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् ।
एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, नि:शुल्क प्रिमियम एसेसोरिज र नि:शुल्क चार्जर जडानको सुविधा पाउने कम्पनीले जनाएकाे छ ।
एक्सचेन्ज अफर काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा हुनेछ ।
बीवाईडीको एट्टो थ्री, डल्फिन र एम सिक्सजस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।
बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो थ्री, डल्फिन र एम सिक्स मोडल निकै लोकप्रिय मानिन्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.