२०८१ मंसिर २१ गते ११:३८ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रिएका छन् ।
बैंकका संस्थापक सेयरधनी श्रीराम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
सिग्देलले मंसिर १४ गते सञ्चालक समितिमा राजीनामा दिएका थिए । उनको राजीनामा मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ ।
यस्तै, मंसिर २० गते नै बसेको सञ्चालक समितिको बैठकले राम जानकीको तर्फबाट मुकुन्द महतलाई नियुक्त गरेको छ । यस्तै, सोही दिनको सञ्चालक समितिले अनिल साहलाई सञ्चालकमा नियुक्त गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.