८.३ अंकले घट्यो सेयर बजार, सबै उपसमूह राताम्ये

  २०८१ मंसिर १३ गते १५:२१     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटी २ हजार ७४८.०५ अंकमा बन्द भएको छ ।

आज दिनभरिमा ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

आज ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको मूल्य घटेको छ ।

साथै, विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्राेफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयर काराेबार धेरै भएकाे छ । यस कम्पनीको ३१ करोड ८ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

यस्तै, नेपाल फाइनान्स लिमिटेडकाे २९ करोड ७४ लाख १९ हजार, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे २७ करोड ९४ लाख २४ हजार, जानकी फाइनान्स कम्पनी लिमिटेडकाे २३ करोड १६ लाख ४४ हजार सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै उपसमूह राताम्ये छन् ।