भोलिदेखि इक्यानको शैक्षिक मेला सुरु

<p>काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भाेलि (असाेज १६) शैक्षिक मेलाको आयाेजना गर्दैछ । असोज १३ गते (आइतबार) आयोजना गर्ने भनिएको शैक्षिक मेला भाेलिका लागि सरेकाे हाे । देशैभरि परेको अविरल वर्षाका कारण मेला सरेकाे हाे । यस अगाडि पत्रकार सम्मेलन गर्दै इक्यानले काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन [&hellip;]</p>

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भाेलि (असाेज १६) शैक्षिक मेलाको आयाेजना गर्दैछ ।

असोज १३ गते (आइतबार) आयोजना गर्ने भनिएको शैक्षिक मेला भाेलिका लागि सरेकाे हाे ।

देशैभरि परेको अविरल वर्षाका कारण मेला सरेकाे हाे ।

यस अगाडि पत्रकार सम्मेलन गर्दै इक्यानले काठमाडौंको एभरेष्ट होटलमा यही असोज १३ गते ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ गर्ने जनाएको थियो ।

अभिभावक र विद्यार्थीलाई शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत विभिन्न देश तथा स्वदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने छ ।

Share News