सानिमाका यी ३ म्युचुअल फन्डको प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

  २०८१ भदौ १८ गते १४:४६     विकासन्युज

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरूको लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ ।

सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएको हो । भदौ २५ गतेसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश पाउनेछन् ।

सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियो । जसअनुसार इकाइधनीहरूलाई करसहित इक्विटी फन्डमा १५ प्रतिशत, लार्ज क्याप फन्डमा १० प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ ।

घोषित प्रतिफलअनुसार इकाइधनीहरुलाई इक्विटीमा १९ करोड ५० लाख रुपैयाँ, लार्ज क्याप फन्डमा १२ करोड रुपैयाँ र ग्रोथ फन्डमा ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ । यी ३ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.