२०८१ साउन १७ गते १७:१५ विकासन्युज
काठमाडौं । बिहीबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रमुख सचेतक महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको एमाले महासचिव शंकर पोखरेलले बताए ।
महासचिव पोखरेलका अनुसार पार्टी प्रवेश गरेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित रहेका छन् ।
त्यस्तै, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशालगायतलाई मनोनित गरेको हो ।
बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि खाली रहेको एमाले उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य रहेका बराललाई मनोनीत गरेको छ ।
त्यस्तै, बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठ रहेको महासचिव पोखरेलले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.