२०८१ साउन ८ गते १५:२२ विकासन्युज
काठमाडौं । सोमबार सामान्य अंकले बढेको सेयर बजारमा मंगलबार भारी अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.३३ अकंले बढेर २५६३.४३ विन्दुमा अडिएको छ ।
मंगलबार २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मात्रै घट्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यस दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै शिवम सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको २४ करोड २६ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले २३ करोड २ लाख रुपैयाँको सेयर कारोबार गर्यो ।
यस दिन सबैभन्दा धेरै ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए । मंगलबार ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.