काठमाडौं । जनमत पार्टीले पार्टीका जिम्मेवार सात जना नेतामाथि निलम्बनको कारबाही गरेको छ
जनमत पार्टीको गत असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकको सुझाव अनुसार पार्टीले उनीहरूलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो।
निलम्बनमा पर्नेहरूमा पार्टीका राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, पार्टीका पूर्व जिल्ला अध्यक्ष अरविन्द सहनीसहित जिल्लास्तरीय नेता धीरज कामती, अनिता कुमारी यादव र दीपनारायण यादव छन् ।
निलम्बनको निर्णय असार २६ गतेदेखि लागु हुने जनाइएको छ ।