२०८१ असार ११ गते ८:०१ विकासन्युज
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले मंगलबार सूचना प्रकाशित गरी काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।
कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.