२०८१ असार ३ गते १०:१६ विकासन्युज
काठमाडौं । सप्तरीमा सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थाका ३६ जना ग्राहक सदस्यलाई सिपमुलक तालिम प्रदान गरेको छ । संस्थाले शनिबार सप्तरी जिल्लाको तिलाठी कोईलाडिमा श्री जनता माध्यमिकमा वाशिङ्ग पाउडर तथा लिक्विड डिटरजेन्ट ईजी बनाउने तालिम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि सबैको लघुवित्तका अनुगमन अधिकृत सत्येन्द्र कुमार सिंह, सबैको लघुवित्तका शाखा प्रमुख सर्वजित कुशावाहा साथै प्राविधिक तर्फ ईन्द्र सरोबार गाउँपालीका २ मकवानपुरकी सुनिता लामा रहेका थिए । कार्यक्रमको सहजीकरण यस सबैको लघुवित्त वित्तिय संस्थाका शाखा प्रमुख सर्वजितप्रसाद कुशवाहाले गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि अनुगमन अधिकृत सिंहले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्थाबारे बृहत छलफल भएको थियो, हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै सम्पूर्ण उपस्थितिलाई वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि जानकारी गराएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.