कलिलो उमेरमा ठगी, करोड कमाउने लोभमा हतकडी

  २०८१ जेठ २९ गते १४:४७     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले विदेश पठाउने नाममा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकको फेक आइडी बनाएर विभिन्न व्यक्तिलाई मेसेमार्फत् विदेश पठाउने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत सुविधा सम्पन्न देशमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले विदेशमा आकर्षक तलब भत्ता पाइने भन्दै फेसबुकमार्फत् पैसा पठाउन लगाउने र पैसा पठाएपछि ब्लक गरेर सम्पर्क विहीन हुने गरेको पाइएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनीहरूले फेसबुकमार्फत् ती विभिन्न देश पठाउने भन्दै विज्ञापन पनि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू नक्कली कागजात बनाएर भिसा, वर्क परमिट तथा प्रहरी रिपोर्ट बनाएर ग्राहकलाई पठाउने र ग्राहकले खातामा पैसा पठाइसकेपछि ब्लक गरेर सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको हो ।

ठगिएकाहरूले उनीहरुको बैंक खातामा ५ देखि १० लाख रुपैयाँसम्म पठाएको प्रहरीसँग बताएका छन् । उनीहरूले ३ सयभन्दा बढीबाट १५ करोड रुपैयाँ बढी रकम ठगी गरेको आशंका प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.