इन्फोसिसले यसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री दम्पतीको सम्पत्ति

<p>काठमाडौं । इन्फोसिसका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलो पटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको सन् २०२४ संस्करणमा उनीहरू अझ माथि पुगेका छन् । उनीहरूको वरीयता उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर [&hellip;]</p>

काठमाडौं । इन्फोसिसका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ ।

दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलो पटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको सन् २०२४ संस्करणमा उनीहरू अझ माथि पुगेका छन् ।

उनीहरूको वरीयता उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर होल्डिङ हो । सुनक र अक्षता दुवै ४४ वर्षका छन् । यो जोडी गत वर्ष ६५ करोड १० लाख पाउन्डको अनुमानित सम्पत्तिका साथ सूचीको २७५औं स्थानमा थियो ।

अब यो सूची २४५औं स्थानमा उक्लिएको छ । योसँगै उनीहरू बेलायती प्रधानमन्त्री निवास ‘१० डाउनिङ स्ट्रिट’ लाई आफ्नो घर भन्ने सबैभन्दा धनी व्यक्ति बनेका छन् । अक्षता इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी हुन् ।

पतिभन्दा धेरै कमाउँछिन् अक्षता

अक्षता मूर्तिले पति सुनकभन्दा धेरै कमाउने बताइन्छ । कारण फेब्रुअरीमा प्रकाशित वित्तीय विवरणलाई उद्धृत गर्दै २०२२–२३ मा सुनकले २ करोड २० लाख पाउन्ड कमाउने बताइएको थियो । जबकि, गत वर्ष मूर्तिले अनुमानित १ करोड ३० लाख पाउन्ड लाभांश कमाएकी थिइन् ।

अखबारको विश्लेषणअनुसार दम्पतीको सबैभन्दा मूल्यवान सम्पत्ति मूर्तिको बुबा नारायण मूर्तिद्वारा सहस्थापित बेंगलुरुमा रहेको आईटी कम्पनी इन्फोसिसमा मूर्तिको सेयर हो।

टपमा हिन्दुजा परिवार

बेलायतको धनी परिवारको वार्षिक संकलनमा भारतीय मूलको हिन्दुजा परिवारलाई फेरि शीर्ष स्थानमा राखिएको छ ।

सेन्ट्रल लन्डनमा आफ्नो ब्राण्डको नयाँ लक्जरी ओओओओ होटल खोलिएपछि उनले गत वर्ष आफ्नो सम्पत्ति ३७ अर्ब १ करोड ९६ लाख पाउन्ड कमाएका थिए । एजेन्सी

Share News