२०८१ जेठ २ गते ७:३२ विकासन्युज
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ ।
बैंकले बुधबार एक सूचना जारी गरी विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेठ ४ गतेदेखि बिक्रीमा राख्न लागेको जानकारी दिएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति, फर्म, संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकताले बोलपत्र आवेदनका साथ आफूले खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा लक्ष्मी सनराइज बैंकको खातामा धरौटी बापत जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ ।
लगानीकर्ताले सेयर खरिदका लागि जेठ १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.