एमजी ४ इभीले पायो २०२४ को उत्कृष्ट कारको उपाधि

  २०८१ वैशाख ३१ गते ९:३५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यही क्रममा एमजी ४ इभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ ।

न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ ।

अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं । एमजी ४को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।’

गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरुपमा विद्युतिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ ।

२०२२मा बजारमा आएको एमजी ४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु हासिल गर्दै आएको छ ।

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।

३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।

एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजि४ ईभि, एमजि जेडएस ईभि, एमजि कोमेट ईभि गरी ३ वटा मोडेलका विद्युतिय र एमजि हेक्टर, एमजि एचएस, र एमजि एसटर गरी ३ वटा मोडेलका ईन्धन गाडीहरु बिक्रि वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.