फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने

  २०८१ वैशाख २६ गते १२:२३     विकासन्युज

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा वैशाख २६ गते देखि जेठ ९ गते सम्म अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानल आयोजना हुँदैछ ।

उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोर्ट एचडी १ च्यानलेबाट गर्ने भएको छ । उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए ।

प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाईने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.