दिनभर उतारचढाव रहेको सेयर बजार अन्तिम समयमा झिनो अंकले बढ्यो

  २०८१ वैशाख १७ गते १५:५३     विकासन्युज

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार स्थिर रहेको छ । दिनभरी उतारचढाब रहेको सेयर बजार अन्तिम समयमा झिनो अंकले बढेको हो । सोमबार नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दु ककायम भएको छ ।

सोमबार ३१७ कम्पनीको ७३ लाख ४१ हजार कित्ता सेयर ४६ हजार ५११ पटक किनबचे हुँदा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी आइतबार २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबार रकम पनि धेरै भएको देखिन्छ । पोखराको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ६६.५० रुपैयाँ बढेर ७३१.५० रुपैयाँ, जानकीको १० प्रतिशत अर्थात् प्रतिकित्ता ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ र नेपाल फाइनान्सको ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ४८.९० रुपैयाँ बढेर ५३८.७० रुपैयाँ पुगेको छ ।

पोखराको १७ करोड ५४ लाख रुपैयाँ, नेपाल फाइनान्सको १४ करोड ७० लाख रुपैयाँ र जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक समूह १.६६ प्रतिशत, फाइनान्स समूह ४.१७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.३८ प्रतिशत बढेको छ । होटल तथा पर्यटन समूह ०.६ प्रतिशत, जलविद्युत समूह ०.५ प्रतिशत, लगानी समूह ०.०१ प्रतिशत, जीवन बीमा समूह ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशत, निर्जीवन बीमा समूह ०.५१ प्रतिशत, अन्य र व्यापार समूह ०.८२ प्रतिशत र व्यापार समूह ०.४५ प्रतिशत घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.