२८ अंकले बढ्यो नेप्से, हाइड्रोपावर र लघुवित्तमा आकर्षण

  २०८१ जेठ १ गते १५:३९     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार २८.६२ अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन् ।

नेप्से परिसूचक २८.६२ अंक अर्थात १.४३ प्रतिशतले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ । केही समयदेखि निरन्तर १९ सय बिन्दुमा रहँदै आएको नेप्से परिसूचक २ हजार बिन्दुमा पुगेको हो ।

आज सेयर बजार बढेपनि २२ कम्पनीको मूल्य घटेको छ भने २१९ कम्पनीको बढेको छ । त्यस्तै ३ कम्पनीको स्थिर रहेको छ ।

नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ ।  आज ४ अर्ब बढीको सेयर कारोबार भएको छ । यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर कारोबार भएको हो । सोमबार करिब साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज सबै क्षेत्रका सूचकहरु बढेका छन् । माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ । आज समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ ।  आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.