होटल क्षेत्रमा छिर्‍यो शाखः समूह, हङकङको बोअर ग्रुपसँग मिलेर २ अर्ब लगानी गर्दै

  २०८१ वैशाख १७ गते १३:११     विकासन्युज

काठमाडौं । स्टिल तथा पेन्टसको व्यवसाय गर्दै आएको शाखः समूह होटल क्षेत्रमा पनि प्रवेश गरेको छ ।  शाखः समूहले कपिलवस्तुको गोरूसिंगेमा स्थापना हुने सुविधासम्पन्न  वेलनेस होटल परियोजना सञ्चालनका लागि हङकङको बोअर ग्रुप अफ होटल चाइनासँग सम्झौता गरेको छ ।

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनमा दुई पक्षबीच करिब २ अर्ब नेपाली रुपैयाँ (१० करोड चिनियाँ युआन ) बराबरको लगानी सम्झौता भएको हो।

अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत सुशील भट्टको उपस्थितमा सम्झौता आदान प्रदान भएको छ । सम्झौता भएको यो रकम जग्गाबाहेकको हो ।  लुम्बिनीमा आउने पर्यटकलाई मध्येनजर गर्दै शाखः समूहले यो परियोजना निर्माण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.