रामेछाप उडेको जहाज प्राविधिक गडबडीपछि काठमाडौं फिर्ता

  २०८१ वैशाख १७ गते १२:१२     विकासन्युज

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.