उपनिर्वाचन : बझाङमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा, इलाममा सुहाङको अग्रता

  २०८१ वैशाख १७ गते ११:०१     विकासन्युज

काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा फेरि नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहँदा अहिले एमालेका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।

पछिल्लो परिणाम अनुसार एमालेका दमन भण्डारीले ९ हजार ८ सय ८९ मत पाएर ९ मतले अगाडि छन् भने काँग्रेसका अषिशेक बहादुर सिंह ९ हजार ८ सय ८० मतले पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६सय ६३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत पाएका छन् ।

कुल ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ ।

यस्तै, प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा अगाडि छन् । सुहाङले १० हजार ४ सय १९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ७ सय ५३ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४ सय ५१ मत पाएका छन् । इलाममा रास्वपाको चर्चा बढी थियो । तर, रास्वपाले इलामा खासै प्रभाव देखाउन सकेन । हालसम्म रास्वपा चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.