डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा बोनस अफर

  २०८१ वैशाख ७ गते ११:४५     विकासन्युज

काठमाडौं । ‘खुसीको रिचार्ज’ अफर अन्तर्गत डिशहोमले जति पैसाको रिचार्ज उतिनै पैसा अफर ल्याएको छ ।

कम्पनीका अनुसार डिशहोम डिटिएचका ग्राहकहरूले अब जति रकम रिचार्ज गर्छन् उतिनै रकम बोनस स्वरूप प्राप्त गर्ने भएका छन् । ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरूलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्छन् उति पैसा बोनस स्वरूप पाउनेछन् । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै बोनस प्राप्त गर्नेछन् ।

यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ । नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.