२०८१ वैशाख ७ गते ६:३८ विकासन्युज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।
बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट टभ्ज्ञज्ञछज्ञको इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
उनले भने, ‘बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरू दुई, सिक्री जोड्ने स-साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल १ किलो ७० ग्राम रहेको छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.