https://www.globalimebank.com/

पर्यटन बोर्ड सीईओमा २० जनाको प्रतिस्पर्धा

  २०८१ वैशाख ६ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपालको सार्वजनिक(निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २० जनाले आवेदन दिएका छन् ।

पूर्वसीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । पूर्वसीईओ डा. रेग्मीले फेरि सीईओ बन्न आवेदन दिएका छन् । रेग्मी आफ्नो कार्यकालमा विवादित पनि बनेका थिए ।

यसैगरी पर्यटन बोर्ड सीईओको प्रतिस्पर्धामा दीपकराज जोशी, राजाराम गिरी, श्रद्धा श्रेष्ठ र लक्ष्मण गौतम छन् । जोशी बोर्डका पूर्वसीईओ, गिरी तत्कालीन पर्यटन पुनरुत्थान समिति संयोजक, श्रेष्ठ पर्यटन बोर्डकी प्रबन्धक र गौतम कार्यवाहक निर्देशक हुन् ।

त्यसैगरी अन्य प्रतिस्पर्धीमा ठाकुरप्रसाद देवकोटा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, विजय नेपाल, पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईं छन् ।

सीईओका लागि आवेदन दिने अन्तिम म्याद आजसम्म छ ।