विशेष अदालतको फैसलाविरुद्ध गुरु न्यौपाने सर्वोच्च जाने

  २०८१ वैशाख ४ गते १७:०३     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालत जाने तयारीमा छन् ।

नेपालमा पहिलो पटक सेयर खरिद/बिक्री गरेको आरोपमा ७५ हजार नगद जरिवाना गर्ने र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन रोक लगाएको र सोही कारोबारलाई भित्री कारोबार भनी अपुष्ट तथ्यका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी सो मुद्दा विचाराधीन रहेको र उक्त मुद्दा फैसला हुँदा मुद्दाबाट भित्री कारोबार हो, होईन भन्ने निर्णय हुन बाँँकी रहेकाले न्यौपानेले सर्वोच्च जाने तयारी गरेको बताएका छन् ।

न्यौपानेले आफू अध्यक्ष रहँदा २९ हजार ९ सय ५३ कित्ता रिडी पावर कम्पनीको सेयर खरिद त्रुटिपूर्ण रूपमा खरिद गरी ३९ हजार २३ कित्ता सेयर बिक्री गरेको दाबी गरिएको छ ।

न्यौपानेलाई गत आइतबार विशेष अदालतले  १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको थियो ।

विशेष अदालतले न्यौपाने ज्येष्ठ नागरिक भएको कारण देखाउँदै ठहर गरेको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी १ वर्षमात्र कायम हुने पनि आदेश दिएको छ ।

धितोपत्र बोर्ड आफूले गर्नुपर्ने प्रत्यक्ष निगरानी, निरीक्षण सुपरीवेक्षण गर्ने दायित्व पूरा नगरी आफूमाथि कारबाही गरेको र सेयर खरिद बिक्री गर्ने कामलाई नियमित र नियन्त्रण गर्ने ब्रोकर कम्पनीलाई कुनै कारबाही नगरी एकोहोरो रूपमा गरिएको कारबाही कानुन संगत छ वा छैन भन्ने कुरा भविष्यमा सर्वोच्च अदालतले फैसला गरेपछि पुष्टि हुने न्यौपानेले बताएका छन् ।

न्यौपानेले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वित्तीय संस्थाको उच्च तहमा रही अवकाश पाएपछि २०५४ सालमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरी जलविद्युतको यात्रा सुरु गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.