पर्यटकलाई नयाँ गन्तव्य भच्चेक-बारपाक-माछिखाेला ट्रेक (तस्बिरहरू)

  २०८१ वैशाख १ गते ९:५६     विकासन्युज

काठमाडौं । गोरखा जिल्ला पर्यटकहरूका लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्कीट, विभिन्न जातिय सँस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ ।

पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाँउहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेट बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरुका लागि नयाँ गन्तव्यका रूपमा विकास हुदै गरेको छ, भच्चेक, बारपाक माछीखोला ट्रेक ।

गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरि धार्चे गाँउपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य हुनसक्छ । उक्त ट्रेकमा भच्चेक बजार, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट गाँउहरु पर्दछ ।

२०७२ सालको गोरखा भुकम्पले क्षति पुगेका यी गाँउहरुको अवलोकन गर्दै, स्थानिय उत्पादनको स्वाद लिदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न सकिन्छ ।

राजधानी काठमाडौंको नयाँबसपार्कबाट बाहिन सात बजे भच्चेकको लागि बस छुट्छ । उक्त बसले ३ बजे भच्चेक बजार पुर्याउछ । एक दिन भच्चेक बजारको विभिन्न स्थानहरुको घुमफिर गरि भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । पहिलो दिन भच्चेक, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुदै बारपाकमा बास बस्ने गरि जान सकिन्छ । बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बस तथा विभिन्न यातायातको साधानको प्रयोग गरि समेत बारपाक पुग्न सकिन्छ ।

करिब १५ सय भन्दा धेरै घर रहेको बारपाक २०७२ सालको गोरखा भुकम्पको केन्द्रविन्दु समेत हो । आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहलपहल देखिने बारपाकले भने भुकम्पपछि आफ्नो मौलिकता गुमाएको छ । परम्परागत घर भत्किएपछि यहाँ आधुनिक र कंक्रिटका घर बनेका छन् । एक दिनको बारपाकको बसाई पछि करिव साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ धार्चे गाँउपालिकाको लाप्राक गाँउ । लाप्राक पुरानो गाँउ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँबस्तीले पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.